
बाराका प्रहरीले अवैध लागूऔषध गाँजा ३२ किलो अटोसहितको मानिस पक्राउ गरेको छ ।
बारा जिल्लाका मातहतमा रहेको प्रहरी चौकी पथलैया, बाराका बरिस्ठ सई. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरीको टोलीले जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा हेटौंडाबाट परवानीपुर तर्फ जाँदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई रोकी चेक जाँच गर्दा अटो भित्र लुकाई छिपाई राखेको ३२ किलो लागूऔषध गाँजा अटोसहितको मानिसलाई पनि नियन्त्रणमा लिएको बाराका प्रहरीले बताएका छन् ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा उप-महानगरपालिका वडा नं. १४ बस्ने सानो कान्छा मोक्तानको छोरा ४२ वर्षिय सोम वहादुर मोक्तान रहेको बाराका प्रहरीले बताएका छन् ।