

बारा प्रहरीले दस किलो सात सय ग्राम,अवैध गाँजासहित एक जना मानिसलाई पक्राउ गरेको छ ।
बारा प्रहरीले विशेष सूचनाको आधारमा बाराका इलाका प्रहरी कार्यालय अमलेखगंज,बाट खटिएको प्रहरीको टोलीले सिमरा उपमहानगरपालिका वडा नम्बर २१, अमलेखगंजस्थित चेकप्वाइन्टमा एक जना पुरुषलाई १० किलो ७ सय ग्राम गाँजासहित पक्राउ गरेको बाराका प्रहरीले बताएका छन् ।
वरिष्ठ सई.प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ३६ प २१ ७७ नम्बरको १५०, सि.सि.कालो रंग भएको पल्सर मोटरसाइकललाई रोकी चेकजाचको क्रममा
चालकले बोकेको कालो झोलाभित्र ६ किलो र मोटरसाइकलको तेल ट्याङ्कीभित्र लुकाइछिपाइ राखिएको ४ किलो, ७ सय ग्राम उक्त गाँजा फेला परेको बाराका प्रहरीले बताउँछन् ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी नगरपालिका वडा नम्बर ६ का ३८ वर्षीय रबी थिङ रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिएका छन् ।