राैतहट प्रहरीले ठुलो मात्रामा लागुऔषध गाँजा र हथियारसहित सावन कुमार गिरि गाँजा तस्करलाई पक्राउ गरेको राैतहट प्रहरीले बताउँछन् ।
लागूऔषध गाँजा र हतियार सहित आज मङ्गलवार सावन गिरिलाई रौतहट प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् ।
राैतहटको गौर नगरपालिका बडा नम्बर ४ स्थित रहेको बकैया नदिको झोलुन्गें पुलको बाटो हुदै लागु औषध गाजा ओसारपसार गरी भारत तर्फ ओसारदै गरेको बिशेश सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटी गएका प्रहरीको टोलीले उक्त गाँजा र हथीयारसहित गिरिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राैतहट जिल्लाका गौर नगरपालिका वडा नम्बर ४ बस्ने २१ वर्षीय सावन कुमार गिरीलाई लागूऔषध र हतियार सहित नियन्त्रणमा लिएको राैतहट प्रहरीले जनाएका छन् । राैतहट प्रहरीले पक्राउ परेका गिरीको साथबाट १ सय ९ किलो लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको गोली लोड कटुवा पेस्तोल थान एक, र त्यस लागिने गोली ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोलीसहित, प्रहरीले
बरामद गरेको हो । पक्राउ परेको गिरीलाई सम्मानित रौतहट जिल्ला अदालतमा उपस्थित गराई लागूऔषध तथा हातहतियार खरखजाना ऐन बमोजिम मुद्दा चलाउने र घटनामा संलग्न अन्य ब्यक्तीहरुको पहिचान तथा खोजतलास गर्ने कार्य भइ रहेको रौतहट जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी)दिलीप घिमिरेले पत्रकार सम्मेलन गरी जानकारी दिनुभएका छन् ।