काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।हिजो,मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा स्थलमा राप्रपा पार्टीले आफैले सफा गरेपछि मेयर बालेन साहले राप्रपा पार्टीका कार्यकर्ताहरुलाई धन्यवाद दिएको बताइएको छ ।
राप्रपा पार्टीका सभा कार्यक्रम सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर आफै सफा गरेकामा धन्यवाद दिएको हो ।
मेयर बालेन शाहले फेसबुकमा लेखेका छन्,‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ, महानगरीय मेयरको भनाईं रहेको छ ।