Saturday, April 19, 2025

मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतको आसाममा पक्राउ:-

ताजा / भरखरै प्राप्त

दुर्गा प्रसाईं १५ गते राजावादीको कार्यक्रममा काठमाडौंमा प्रहरीमाथि गाडी कुदाएर भागेका भारतको आसाममा पक्राउ परेका छन् ।
राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको बुझिएको छ। गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी वेपत्ता भएका थिए। तर उनले पटक,पटक आफू सुरक्षित रहेको र आफ्नो ज्यान खतरामा रहेको भन्दै भिडियो सन्देशहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles