पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको बताएको छ ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप भएको छ । बिर्यानि पसल तथा केही पसलहरूमा र मोटरसाइकलहरुमा आगजनी समेत
गरिएको छ। झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।
अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको बताइएको छ ।
नारायणी अस्पतालमा उपचार चल्दै
वीरगञ्जमा शनिवार हनुमान जयन्तिको अवसरमा आयोजित वृहत शोभा यात्राको क्रममा छपकैयामा दुई समुहको व्यक्तिहरूसँग भएको झडपका क्रममा दर्जनौं प्रहरी र स्थानीयहरू घाइते,भएका छन् । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भईरहेको स्थानीयले बताउँछन् ।