Tuesday, July 1, 2025

पर्सामा झडप:सद्‍‍भाव कायम राख्न ५ बुँदे सर्वपक्षीय सहमति,कर्फ्यू यथावत्:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको वीरगन्जमा जारी दुई फरक धर्म समुदाय बीचको विवाद अन्त्य गर्न पाँच बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार दिनभर भएको दुई पक्षीय, सर्वपक्षीय र सर्वदलीय छलफलपछि साँझ पाँच बुँदे सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा भएको छलफलमा वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा भएको झडपको घटनामा संलग्न दोषीहरूलाई वैशाख ३ गतेभित्र पक्राउ गरी कारबाही गर्ने, अन्तर धार्मिकरसाम्रपदायिक सद्‍भाव र सहिष्णुता कायम राख्नका लागि सबै पक्ष पूर्ण प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पु्र्‍याउने सहमति भएको छ।पाँच बुँदे सहमतिपत्रमा उल्लेख पाँच वटै बुँदाप्रति जिल्लामा सक्रिय सबै राजनीतिक दलका नेता, हिन्दू र मुस्लिम समुदायका अगुवाहरुले हस्ताक्षर गरेका छन् ।शनिबार बेलुकीदेखि वीरगन्जमा लगाइएको कर्फ्यू भने आइतबार राति १२ बजेसम्म निरन्तर रहने बताइएको छ । शनिबारको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो । घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका छन् ।
सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles