सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम आज, २०८२/१/२/ गते १२ बजे,रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी आज मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हो । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटर काठमाडौंमा बिदाइ कार्यक्रम रहेको सशस्त्र प्रहरीले जनाएका छन् ।