आज पोखरिया नगरपालिका वडा नं ५, सतवरिया गाउँमा सतवतिया क्रिकेट टिमद्वारा आयोजित गरेको T-20 नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन अब्दुल फर्मान मियाँ समानिले गर्नु भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुने अवसर पाउँदा गर्व महसुस भएको अब्दुल फर्मानले बताएका छन् । भाई हरुले देखाएको माया र समान लाई आभार व्यक्त गर्दै भाई हरुलाई धेरै धेरै धन्यवाद दिएका छन् ।
यस्ता खेलकुद कार्यक्रमहरूले गाउँमा लुकेका प्रतिभाहरूलाई अगाडि ल्याउने र युवाहरूमा सकारात्मक ऊर्जा भर्ने कार्य गर्छ । खेलकुदको माध्यमबाट समाजमा एकता, अनुशासन र स्वास्थ्यप्रति जागरूकता फैलन्छ भन्ने विश्वास लिएको बताएका छन् । सतवतिया क्रिकेट टिमलाई यस्तो प्रेरणादायक आयोजनाको लागि र सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन् ।