Monday, June 30, 2025

प्रहरी कर्मचारी ३७ जनालाई सवारी चालक उन्नत तालिम प्रदान:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३७ जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत तालिम २९ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।
तालिम समापनका अवसरमा सोही महाशाखामा आइतबार आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नु भएको छ ।
तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार २५ जना र प्रहरी जवान ८ जना गरी कूल ३७ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles