रामपालले सन् २०१२ मा संकल्प गरेका थिए कि जबसम्म मोदी प्रधानमन्त्री बन्नुहुन्न र आफैंसँग भेट हुँदैन, तबसम्म जुत्ता नलगाउने। यद्यपि नरेन्द्र मोदीले २०१४ मै प्रधानमन्त्री भए पनि रामपालले भेट भएपछि मात्रै जुत्ता लगाउने अठोट गरेका थिए । अन्ततः बाबा साहेब अम्बेडकरको जयन्तीका अवसरमा आयोजित कार्यक्रममा भेट भएपछि मोदीले उनलाई जुत्ता लगाइदिएको बताइएको छ ।