पर्साका बिरगंजमा हनुमान जयन्तीको शोभायात्राका क्रममा प्रहरीले केही मुस्लिम र हिन्दुवादी युवाहरूलाई नियन्त्रणमा लिएपछि उत्पन्न तनाव आज पनि कायमै रहेको बताइएको छ । धार्मिक सद्भाव बिथोल्ने र तोडफोड गरेको आरोपमा युवाहरू पक्राउ परेपछि स्थिति झन् तनावग्रस्त बनेको बताइन्छ ।
पक्राउको विरोधमा वीरगञ्जका घड़ियारवा अगाडि टायर बालेर प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरूले दोषीमाथि निष्पक्ष छानबिनको माग गर्दै सरकारको विरोध गरेका छन् । स्थानीय प्रशासनले थप सुरक्षाकर्मीहरुलाई परिचालन गरेको देखिएको छ ।