प्रहरीले सुनचाँदीको अवैध कारोबार गर्ने नौ जना भारतीय नागरिकहरुलाई आठ लाख नगदसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले एक करोड ७० लाख १० हजार रुपैयाँ बराबरको सुन, र ३० लाख नौ हजार बराबरको चाँदी तथा आठ लाख २७ हजार नगदसहित भारतीय नागरिकहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै भारतको महाराष्ट्रका रहेको प्रहरीले बताउँछन् । उनीहरुलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताएका छन् ।