इस्लामी संघ नेपालले वीरगञ्जमा भएको घटना संगठित अपराध भन्दै दोषीलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन् ।
आज,बिहीबार सिंहदरबारमा गृहमन्त्री लेखकसँग भेटर संघका अध्यक्ष नजरुल हसन फलाहीको नेतृका टोलीले वीरगञ्जको घटनामा स्थिति बिग्रिन दिनुमा प्रहरी प्रशासन मुकदर्शक भएर बसेको कारण रहेको मुस्लिम संघले
जनाएको छ ।
‘वीरगञ्जमा हनुमान जयन्ती लगायत अन्य धार्मिक प्रदर्शनमा फरक रुट प्रयोग हुँदै आएकोमा यस पटक मुस्लिम बाहुल्य क्षेत्रबाट रुट निर्धारण गर्नु र योजनाबद्ध रुपमा केही अतिवादी युवाहरूले हतियार प्रदर्शन गर्दै मुस्लिम बस्तीमा आतंक फैलाउन खोज्नु गम्भीर षड्यन्त्रपूर्ण योजनागरेको घातक हो’, ज्ञापन पत्रमा लेखिएको बताइएको छ ।