सर्लाहीका प्रहरीले साँढे दुई क्विन्टल गाँजासहित एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१, नवलपुर निवासी २५ वर्षीय सुशील चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराती सिन्धुलीको मरिणबाट लालबन्दीतर्फ आउँदै गरेको बा. २० च. १७८२ नम्बरको पिकअप गाडी रोकेर चेकजाँच गर्ने क्रममा २४४ केजी २०० ग्राम अवैध लागुऔषध गाँजा र पिकअपसहित सुशीललाई पक्राउ गरिएको हो, सर्लाहीका प्रहरीले बताउँछन् ।