जिल्लाको विभिन्न स्थानमा गस्तीमा खटेको प्रहरीको टोलिले ट्रक र गाँजा साढे तीन क्विन्टल लागु औषध गाँजासहित पाँच जना गाँजाको तस्करहरुलाई बाराका प्रहरीले पक्राउ गरेका छन्
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी सुबोन्द्रा वाइवा तामाङको नेतृत्वमा खटिएको टोलीले लागू औषध कारोबारमा संलग्न गिरोहमाथि कार्वाही गरेको हो । गाँजाको तस्करहरु माथि ठुलो धक्का पुगेको स्थानीयले बताएका छन् ।
विशेष सूचनाको आधारमा बाराबाट खटिएको संयुक्त टोलीले वैशाख ४ गते राति करिब ११:४५ बजे बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले ३०० केजी गाजाँ बरामद गरेका छन्
हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक र त्यसलाई स्कर्टिङ गर्दै गरेको ना ३३ प ७४६९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ट्रकमा रातो प्लास्टिकले बेरिएका १६ वटा ठूलो र ३ वटा सानो प्याकेटमा लागू औषध गाजाँ फेला पारेको बाराका प्रहरीले बताउँछन् ।
पक्राउ परेकाहरूमा मिनी ट्रक चालक मकवानपुर, कैलास गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, सोही ट्रकमा सवार हेटौडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन, र मोटरसाइकल चालक कैलास गाउँपालिका–१० का २७ वर्षीय जीवन ठोकर रहेको बाराका प्रहरीले बताएका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार, डिएसपी वाइवा सिमरामा पदस्थापन भएको तीन महिनामै लागू औषध कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भएकी स्थानीयले पनि बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति मिति २०८२/१/५/गते । ३६७ किलो १४० ग्राम लागु औषध गाँजा। मोटरसाइकल ट्रकसहित ५ जना व्यक्तिहरुलाई पनि बाराका प्रहरीले पक्राउ गरेको बाराका प्रहरीले बताएका छन् ।