Saturday, April 19, 2025

मकवानपुरका हेटौंडामा सेटिङ मिलाएर गोरु तस्करी शुरू:-

ताजा / भरखरै प्राप्त

मकवानपुर जिल्लामा अवैध गाई गोरु तस्करी फेरि दोहोरिएको बताइएको छ । प्रहरीमा सेटिङ मिलाएर गोरु तस्करी भएको घटना बाहिरिएको छ । मकवानपुरको रातोमाटे चौकी इन्चार्जलाई मिलाएर गोरुको तस्करी भएको छ । चितवनबाट हेटौंडा रातमाटे हुदै पथलैया सम्म गाईगोरू लोड गरिएको गाडी पु¥याउने जिम्मेवारी वा ठेक्का लिने बिचौलियाहरूले गरेका छन् । उनीहरूले प्रहरीलाई मिलाएर पठाउने काम गरिरहेका छन् । त्यसवापत पिकअपको १० हजार र ट्रकको २५ देखि ३५ हजार सम्म लिने गरेको पनि खुलेको छ ।
प्रहरीले इमानदारीपूर्वक रातमाटेमा रोक्न चाहने हो भने पश्चिमबाट हुने गाईगोरूको तस्करी पूर्ण रूपमा नियन्त्रणमा आउने भए पनि त्यसो हुन सकेको छैन । उल्टो प्रहरीले तस्करसंग मिलेर मोटो रकम लिई तस्करी गराउंदै आएको छ । अहिले दैनिक जसो दुई देखि तीन ट्रक गाईगोरू रातमाटे चेकपोस्ट हुदै तस्करी भैरहेको छ ।
यसअघि पनि गाईगोरू तस्करी भएको पुष्टि भए पछि रातमाटेका प्रहरी प्रमुख समेतलाई जिल्ला प्रहरी कार्यालय तानिएको थियो । चितवनतिरबाट हेटौंडा हुँदै पथलैयातर्फ गोरु बोकेर जाँदै गरेको ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको थियो । हेटौंडा–१५ स्थित रातोमाटे चौकी अगाडिबाटै नियन्त्रणमा लिने प्रयास असफल भएपछि कार्यालयको टोलीले पिछा गर्दै उक्त ट्रकलाई पथलैयामा नियन्त्रणमा लिएको थियो ।
पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरका अनुसार प्रहरीले रातोमाटे चौकीका प्रहरीले सहयोग नगर्दा पथलैया पुगेर गोरुसहितको ट्रक नियन्त्रणमा लिइएको बताएका थिए । पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरका अनुसार प्रहरीले नै स्कर्टिङ गरेर मकवानपुरको सीमा कटाइदिए । राजस्व अनुसन्धान कार्यालय पथलैयाका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर पशु सेवा कार्यालय हेटौंडालाई जिम्मा लगाएको ठाकुरले बताए ।सशस्त्रको सहयोगमा ट्रक नियन्त्रणमा लिए लगत्तै ट्रकका चालक र गोरु चरुवा फरार भए । करिब २ घण्टासम्म ट्रक चालक नआएपछि हेटौंडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौंडा ल्याइएको उनले बताए ।ट्रक नियन्त्रणमा लिएर कागजातहरु छानबिन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरिनरी प्रमाण पत्र गलत भेटिएको थियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको उनले बताए ।
भेटेरिनरी प्रमाण पत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्समार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरु बिक्री गरेको देखिन्छ । सो कार्यका लागि डा. टीकाराम न्यौपानेले भेटेरिनरी प्रमाण पत्र जारी गरेका छन् । भेटेरिनरी प्रमाण पत्र प्रमाणीकरण नै नगरी तस्करीको उद्देश्यले ती गोरु झापा पु¥याउन खोजिएको ठाकुरको भनाइ छ । भारतबाट लुकिछिपी गाईगोरु नेपाल ल्याउने र चरम यातना दिँदै अवैध ओसारपसार गर्ने गिरोह छन् । नेपाल भारत खुला सीमाका कारण दैनिक जसो सीमाबाट भारततर्फ सयौंको सङ्ख्यामा गाई गोरु प्रहरीकै मिलोमतोमा तस्करी हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । नेपालमा कृषि प्रयोजनबाहेक गोरु ढुवानी गर्न बन्देज छ । यद्यपि चोरी–तस्करी गरी नेपालबाट गोरु बंगलादेशमा मासुका लागि लैजाने गरिन्छ । नेपालको पश्चिमी क्षेत्रबाट सस्तोमा गाईगोरु संकलन गरी काँकडभिट्टा नाका हुँदै बंगलादेशसम्म पु¥याउने गर्दछन् । त्यहाँ बध गरेर गाईगोरुको मासु युरोपियन मुलुकमा निर्यात गरिन्छ ।
भारतको पनि केही राज्यमा गाईगोरु ओसारपसार प्रतिबन्ध छ । पश्चिम बंगालको नाकाबाट भने लुकीछिपी ओसारपसार हुने गरेको पाइन्छ । सिक्किम र दार्जीलिङ सहरमा गाईगोरुको मासु निर्वाध उपभोग गर्ने गरिन्छ । त्यसका लागि पनि नेपालको पूर्वी नाकाबाट गाईगोरु अवैध तस्करी हुने गरेको छ । मकवानपुरबाट विगतदेखि नै गाईगोरुको तस्करी हुँदै आएको छ । प्रहरी प्रशासनले त्यसको नियन्त्रणका लागि खासै प्रभावकारी कदम चालेको देखिँदैन ।
नेपालमा गोवध प्रतिबन्धित छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद – २७ मा पशुपक्षीसम्बन्धी कसुरबारे उल्लेख छ। उक्त संहिताको दफा २८९ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन । त्यस्तो काम कारबाहीबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ।गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पार्ने व्यक्तिलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा ५० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ।उक्त कानुनले पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ वा सामथ्र्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रूर व्यवहार गर्न दिँदैन।त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles