नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई बिचौलियाले चलाएको आरोप लगाएका छन् ।शुक्रबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई-मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताए ।साथै उनले आफ्नो बोझ थाम्न नसकेर आफैँ ढल्ने दाबी गरे । बिचौलियाले चलाएको र राम्रा काम गर्ने कर्मचारीहरूलाई हटाएकाले अब यो सकार केही दिनमै ढल्ने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको पनि प्रचण्डको आरोप रहेको छ । ‘कुलमान घिसिङलगायतका व्यक्तित्वहरूलाई हटाएर सरकारले गलत गर्यो। यो सरकार भ्रष्टाचारमा डुबेको छ,’ उनले भने ।
नव जनप्रहार, सभार ।