Sunday, April 20, 2025

अवैध गाँजाकोनामटार देखिनै थियोे सेटिङ सबै लाई महिनावारीमा ठेक्का:-

ताजा / भरखरै प्राप्त

बारा स्थित इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको ३६७ केजी गांजा मकवानपुर प्रहरीको सेटिङ र संरक्षणमा गएको पुष्टि भएको छ । उक्त गांजा प्रहरीले नै सूचना पाएर पनि पक्राउ नगरी छाडेको र सुराकीले इलाका प्रहरी कार्यालय सिमरालाई सूचना दिएपछि मात्रै बरामद भएको थियो ।
गांजाका काराेवारीहरूले मकवानपुरकाे नामटार , भैंसे , चाैकीटाेल , इप्रका पशुपतिनगर र रातमाटे प्रहरीलाई सेटिङ मिलाएर गांजा बारा जिल्ला पुर्याउन सफल भएका थिए । अहिले यो रूटबाट प्रहरी संरक्षणमा व्यापक गांजाकाे तस्करी भैरहेको छ । सेटिङ नमिल्ने र सम्पर्कमा नआएका काराेवारीका गांजा मात्रै प्रहरीले पक्राउ गर्दै आएको आराेप लागेको छ । गांजा काराेबारीहरूले यी सबै प्रत्येक प्रहरी चाैकीलाई ३० हजार देखि ५० हजार सम्म दिएर आफ्नो अवैध काराेवार सुचारू गरिरहेका छन् । अहिले नामटारमा असई हिरा श्रेष्ठ , भैंसेमा असई माधव खड्का , चाैकी टाेलमा असई संजिव कुमार साह , पशुपतिनगरमा निरीक्षक बिमला कडायत र रातमाटे प्रहरी चाैकीमा असई सागर रूम्वा प्रमुखको रूपमा कार्यरत छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टाेलीले अवैध लागु औषधसहित ५ जनालाई पक्राउ गरेको छ । गएराति अन्दाजी ११ः४५ बजे जीतपुर सिमरा उपमहानगरपालिका ३ बजनी स्थित हेटौडाबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखिएको ३०५ किलो गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरका राजन लामा, ट्रकमा सवार ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जीवन ठोकर रहेका छन् । त्यस्तै ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोली प्रसौनी ४ खुटवा बस्ने पवन कुमार साहलाई पक्राउ गरेको छ ।
आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम बरामद गरी उनलाई पक्राउ गरिएकाे हाे । गए राति नै इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले पचरौता १ मुसहरीटोल स्थित मकै बारी हुँदै भारत तर्फ ओसार पसार गर्दै गरेको ६० किलो गाँजासहित राजबिहारी कुमारलाई पक्राउ गरेको बारा प्रहरले बताउँछन् । नव जनप्रहार, सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles