Sunday, April 20, 2025

सिंहदरबारमा समातिएका राप्रपाका नेताहरू रिहाइ:-

ताजा / भरखरै प्राप्त

राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू चार घण्टामै रिहा भएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन् ।सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीबाट छाडिएको छ ।निषेधित क्षेत्रमा प्लेकार्ड प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितलाई नियन्त्रणमा लिएको थियो ।यसैगरी, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि पक्राउ परेको बतइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles