Monday, April 21, 2025

राैतहट प्रहरीद्वारा भारतीय नागरिक दस लाख नगदसहित पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएका प्रहरी टोलीले बुधरामबाट हिजो दिउँसो दस लाख नगदसहित भाततिय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोतिहारी जिल्ला थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी)दिपक कुमार रायले बताएका छन् ।
उनका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एसी ९४ ७७ नम्बरको मोटरसाइकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको झोलाबाट उक्त रकम बरामद गरिएको प्रहरीले बताउँछन्।
पक्राउ परेको रकम एक हजार दरको ६ सय थान र ५ सय दरको ८ सय थान नेपाली नोट फेला परेको राैतहट प्रहरीले
जनाएको छ ।
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles