जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बाबु ओलियाको प्रमुख आतिथ्यतामा कार्यालय तथा मातहत समेतमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरुलाई ६ दिन कार्य अवधिको अपराध अनुसन्धान तथा नियन्त्रण घुम्ति अनुशिक्षण तालिम समुद्घाटन भएको छ ।