Tuesday, April 22, 2025

पोखराको एक रेष्टुरेन्टमा खाएको पैसा नतिर्ने एक जना ब्याक्ती पक्राउ:-

ताजा / भरखरै प्राप्त

कास्कीको पखरामा आफूलाई नेपाल प्रहरीको (डीएसपी)हो भएको दाबी गर्दै” सृजना चाैकमा रहेको रेस्टुरेन्टमा विभिन्न प्रकारको समान मगाएर खाएको बिल नतिर्ने एक व्यक्तिलाई कास्कीका प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-४, कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेको कास्कीका प्रहरीले बताउँछन्

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त कुमार शर्माका अनुसार, गत आइतबार राति पौडेल पोखरा महानगरपालिका-८, सृजनाचोकस्थित ढावा रेस्टुरेन्ट एन्ड बारमा पुगेका थिए। उनले त्यहाँ विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए। तर, बिल तिर्ने बेलामा उनले आफूलाई प्रहरीको डीएसपी भएको भन्दै धाकधम्की दिएर काउन्टरमा रहेका कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए।
रेस्टुरेन्टबाट प्रहरीको कन्ट्रोलमा फोन गएको थियो, फोन भएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो । उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक (डीएसपी) शर्माले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles