Tuesday, April 22, 2025

मधेश प्रेस काउन्सिल अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध मुद्दा दायर काठमाडौं ।

ताजा / भरखरै प्राप्त

दुई दिनअघि मात्र मधेश प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मङ्गलवार विशेष अदालतमा उपाध्यायसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको हो ।मुद्दा दायर भएपछि उपाध्याय स्वतः मधेश प्रेस काउन्सिलको अध्यक्ष पदबाट निलम्बनमा परेका छन् । सोमबार मात्रै उनले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाट शपथ लिएर पदभार ग्रहण गरेका थिए ।
अख्तियारका अनुसार बाराको पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनलाई उल्लङ्घन गर्दै उनले कुनै पनि विज्ञापन नछपाई आर्थिक अनियमितता गरेको छ । सोही विषयमा अनुसन्धान गर्दा केएस मल्टिपर्पस प्रालिका अध्यक्षसमेत रहेका उपाध्याय दोषी देखिएको अख्तियारले जनाएको छ।आयोगले पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)अनुसार कसुर गरेको भन्दै तीन लाख ५२ हजार ५६० रुपैयाँ बराबरको बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलको माग गर्दै मुद्दा दायर गरिएको हो । आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पचरौता नगरपालिकाले सञ्चालन गरेका ठेक्काहरूको बोलपत्र सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा, उपाध्यायसहितको मिलेमतोमा स्थानीय ूप्रभाव दैनिकू पत्रिकामा मात्र एक प्रति सूचना प्रकाशन गरिएको थियो। उक्त सूचना झुट्टा विवरणसहित नगरपालिकामा पेश गरी सोही आधारमा केएस मल्टिपर्पस प्रालिलाई तीन लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ । नव जनप्रहारबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles