Tuesday, April 22, 2025

मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बूमाथि कुटपिट

ताजा / भरखरै प्राप्त

विराटनगर । धरानका मेयर हर्क साम्पाङ्गका समर्थकले धरानका स्थानीय माओवादी नेता सन्तोष लिम्बूमाथि कुटपिट गरेका छन् ।बाटो निर्माणको विषयमा भएको विवाद मिलाउन सोमबार पुगेका साम्पाङ्गले समर्थकलाई उकासेपछि लिम्बूमाथि कुटपिट भएको हो । बाटोसम्बन्धी विवाद छलफल मिलाउनुको साटो साम्पाङ्गले मुख छाड्दै गाली गरेको र आफूमाथि कुटपिटसमेत भएको भएको लिम्बूले बताए ।सन्तोष टोल विकास संस्थाका अध्यक्षसमेत हुन् । धरान-११ मा नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । तर, स्थानीयबी विवाद भएपछि हिजो छलफल राखिएको थियो ।मेयर साम्पाङ्गले लिम्बूलाई वडा सदस्यजत्तिको पनि हैसियत नभएको भन्दै छलफल गर्न जरुरी नभएको बताएको त्यहाँ रहेकाले बताए ।हैसियत नभएको भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङगबीच विवाद भयो ।‘मेयर नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि अरु उक्सिएर ममाथि हमला भयो’, लिम्बूले भने ।
तस्बिर स्रोत : कोशी आवाज टीभी” बाट।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles