Tuesday, April 22, 2025

सर्लाहीको सशस्त्र प्रहरीद्वारा सर्लाहीको सखुअवामा मकैको गोदाममा छापा:-

ताजा / भरखरै प्राप्त

सर्लाहीका सशस्त्र प्रहरी र बारा पथलैयाका राजस्वको टोलीले संयुक्तरूपमा सर्लाहीको पर्सा,गाउँपालिकाका सखुअवामा ठुलो मात्रामा तस्करीको समान बरामद गरेको छ । सर्लाही जिल्लाको नाकाहरुबाट सेटिङ सिण्डिकेटको माध्यमबाट मकैको सर्लाहीका सखुअवा नाका हुँदै भारत तर्फ तस्करी भई रहेको सुचना आएपछि सर्लाहीका सशस्त्र प्रहरीले छापामारि गरेको हो ।सर्लाहीको सदरमुकाम मलंगवाको पूर्वी सीमा पर्सा गाउँपालिकाको सखुअवाको सिमा क्षेत्र हुँदै भारत पुर्‍याइने गरेको विषेश सुराक आएपछि सशस्त्र प्रहरीले मकै राखिएको गोदाममा छापामारेका छन् । सशस्त्र प्रहरी बल सर्लाहीका अनुसार, भारत सीमा नजिकै रहेको सखुअवाको एक टिनको घरमा ठूलो परिमाणमा मकै भण्डारण गरिएको सूचना पाएपछि सशस्त्र प्रहरीका (डिएसपी) सुमन ढुंगानाको कमान्डमा समेतको टोली खटि उक्त स्थानमा पुगेर छापा मार्दा २५–२५ केजीको मकै बोरामा राखिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । तस्करहरुले तस्करी गर्न लागिएको मकै बरामद गरेर सशस्त्र प्रहरीले मकैको केही बोराहरु पिकअपको भ्यानमा राखिसकेको थियो । तर, तस्करहरुका समुहको टोलीले ठुलो मात्रामा आएर विरोधमा उत्रिए पछि, विरोध चर्किएपछि मकै छोडेर सशस्त्र प्रहरीका टोली फर्किएको स्रोतको भनाइ रहेको छ । उक्त घटनापछि राजस्व अनुसन्धान कार्यालय पथलैया बाराबाट आएको टोलीले गोदाम सिल गरी मकै सम्बन्धी कागजात संकलन गरेर अनुसन्धान थालेको बताइएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दका अनुसार, राजस्व अनुसन्धान का टोली घटनास्थल पुगेपछि, मकैको जिम्मा राजस्वको टोलीलाई हस्तान्तरण गरिएको बताउनु भएको छ ।भारतीय व्यापारी ‘तस्कर समूह’ ले नेपालबाट भारततर्फ मकैको कारोबार गर्दै आएको स्रोतको दाबी रहेको छ । यसअघि पनि त्यही समूहले सेटिङमार्फत मकै तस्करी गरेको बताइएको छ । सर्लाहीको सग्रामपुर,त्रिभुवननगर, गोरखकाली, पर्सा गाउँपालिकाको सखुअवा लगायतका नाकाबाट निरन्तर तस्करी हुने गरेको पाइएको छ । नेपालबाट कवाड, स्याउ, भारतबाट कपडा, चिनी, स्पेयरपार्ट्स लगायतका वस्तु अवैध रूपमा ओसारिने गरेको स्थानीयको स्रोतले बताउदै आएको छ । तस्करीमा सुरक्षाकर्मीको संलग्नता रहेको आरोप पनि लाग्दै आएको छ । जिल्लाका प्रहरी कार्यालयका प्रहरी प्रमुखहरूको सरुवाको मुखमा रहेकाले स्थानीय ई.प्र.का. प्रहरी प्रमुखहरु र प्रहरी चाैकी प्रमुखहरु सँग को मिलेमतोमा तस्करी मौलाएको स्थानीयले बताउँछन् । सर्लाहीमा केही दिन तस्करी बन्द रहेको पुनःतस्करी सुरू भएका छन् ।
विदेशबाट आयात गरिएको मकै सर्लाहीको विभिन्न नाकाबाट भारत तर्फ अवैध रूपमा तस्करी सुरु भएको सर्लाहीका स्थानीय हरुले बताएका छन् ।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवाको पूर्वी सीमा क्षेत्रहरुबाट तस्करी सुरु भएका छन् । सर्लाही जिल्लामा तस्करी सुरु भएका नाकहरु सर्लाहीको सग्रामपुर,त्रिभुवननगर, मलंगवा लच्का, गोरखकाली,
पर्सा गाउँपालिकाको सखुअवा लगायतका नाकाहरुबाट निरन्तर तस्करी भै रहेको स्थानीयहरुको भनाईं रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles