Saturday, June 28, 2025

पेस्तोल र गोलीसहित सिरहाबाट दुई भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय राजीव सिंह र सोही मोटरसाइकलको पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन् ।प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।प्रिन्सको साथबाट सानो कटुवा पेस्तोल कम्मरमा भिरेको अवस्थामा एक थान र सो को गोली एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles