डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामीको मृत्युु भएको छ ।भने अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्माले जानकारी दिएका छन् ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनी ट्रक आज बिहान दुर्घटना भएको बताइएको छ । खाद्यान्नका सामान बोकेको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले बताउँछन् ।