शिक्षक आन्दोलनबाट फर्किएका शिक्षकहरु सवार यात्रुबाहक बस माइधारमा दुर्घटना,हुँदा,१६ जना शिक्षक घाइते भएका छन् । घाइते भएका शिक्षकहरुको उपचार हुँदै छ, काठमाडौँमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक सवार गाडी प्र. १ -०१-००१ ख ४२३५ नं को यात्रुबाहक बस दुर्घटनामा परेको बताइन्छ । काठमाडौबाट झापाको लागि जाँदै गरेको बस काकडभिट्टाको झापाको दुधे माइधार सडक खण्डको मिलन चोकमा आज शनिबार बिहान ४:४० बजे उक्त बस दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा परेकाे बसमा मेचीनगरका १३ जना शिक्षक सहित २३ जना यात्रु रहेको जानकारी प्राप्त भएका छन् । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेको सुरक्षाकर्मीको टोलि घटनास्थलमा पुगेको र घाइते हरुको उद्वार गरी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरीले बताएका छन् । बसमा सबार यात्रुहरुलाई सामान्य चोटपटक लागेको बताइएको छ, र दुर्घटनामा घाइते भएकाहरुको बिर्तामोडस्थित बीएण्डसी र बिर्तासिटी हस्पिटलमा उपचार हुँदै छ, प्रहरीले बताउँछन् ।