धनुषा जिल्लाको लक्ष्मीनियामा लिङ्देनको पुतला दहन गर्दै घन्टो सम्म चक्कजाम । नेपाली कांग्रेसका कार्यकर्ताद्वारा चक्काजाम भएको छ । नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले आज,शनिबार बिहान धनुषा जिल्लाको लक्ष्मिनिया बजार नजिक बाटोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गर्दै सडकमा एक घण्टा सम्म चक्काजाम गरेको थियो ।