धरानमा प्रहरीले गाडीबाट ३ सय किलो अवैध लागु औषध गाँजा बरामद गरेका छन् । तर प्रहरीले चेेकजाँच गर्दा गर्दै गाडी चालक फरार भएका छन्” गाडी चालकलाई प्रहरी खोज्दै। अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीको टोलीले धरानको वडा नम्बर १३ मा को १ च ७३३५ नम्बरको गाडी जाँच गर्दा गाँजा बरामद गरेको प्रहरीले बताएका छन् ।कालो प्लास्टिकले प्याकिङ गरिएको १० पोकामा अवैध गाँजा बरामद भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गाडी छाडेर चालक भागेका छन् । भागेका चालकलाई खोजी भइरहेको प्रहरीले बताउँछन् ।