Monday, June 30, 2025

लाखौंको तस्करीका समान मोटरसाइकलसहित राैतहट प्रहरीद्वारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहटमा भन्सार छलीको सामानसहित तीनवटा मोटरसाइकल र चारवटा साइकलमा तस्करीको समान राैतहट प्रहरीद्वारा बरामद भएको राैतहट प्रहरीले बताउँछन् । जिल्ला प्रहरी रौतहका मातहतमा रहेको युनिटहरूले चेकजाँच गर्ने क्रममा लाखौँको भन्सार छलीको सामानसहित ३ वटा मोटरसाइकल र ४ साइकल बरामद गरेको राैतहटका प्रहरीले बताएको छपक्राउ परेका तस्करीका समानहरुको मुल्यांकन तीनलाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स समानसहित सवारी साधन जिल्ला प्रहरी तथा मातहतबाट गएको गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिएका छन् । बरामद सामान सहित सवारी साधन आवश्यक कारबाहीका लागि गाैर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles