नेपाल प्रहरीका २०८ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको उनीहरुलाई सईमा बढुवा सिफारिस गरेको बताइएको छ । बढुवाका सिफारिस सूची नियमावली,२०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।