Sunday, June 29, 2025

शिक्षकहरुले निषेधित क्षेत्र तोडफोड गर्दै निषेध क्षेत्रमा प्रवेश:-

ताजा / भरखरै प्राप्त

काठमाडौंमा भएको जारी शिक्षकहरूको आन्दोलनमा आज आइतवार झडप भएको छ । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । झडपमा केही शिक्षक र प्रहरीहरु घाइते भएका छन् । उनीहरुलाई सिभिल अस्पताल लगिएको बताएको छ । शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरासमेत प्रयोग गरेका थिए । विभिन्न माग राखेर देशभरका सरकारी शिक्षकहरु काठमाडौंमा आएर आन्दोलन गर्दै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles