अस्पतालको बेडबाटै शिक्षक आन्दोलनको क्रममा हिजो घाइते भएकी पत्रकार सबिना कार्कीले भनेकी छिन् , ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । तर पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । चिच्च्याएँ पछि, प्रहरीले नै अस्पताल पुराएको हो । प्रहरीले हानेको पानीको फोहरा एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् । हाल कार्कीको तिलगंगा आँखा अस्पताल काठमाडौंमा उपचारका भइरहेको बताइएको छ । आँखाभित्र रगत जमेको छ, देख्ने क्षमता निकै कम रहेको डाक्टरको भनाई रहेको छ ।