शिक्षा, मन्त्री रघुजी पन्तले कक्षा १२ को परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । उनले भनेका छन्”कक्षा १२ को एक्जाम गर्ने नै हामी लाइनमा छौँ । मन्त्री पन्तका अनुसार परीक्षा व्यवस्थापनका सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, र चाँडै औपचारिक घोषणा पनि गरिनेछ ।पछिल्ला दिनहरूमा परीक्षा मिति र सञ्चालनबारे विभिन्न अड्कलबाजी भइरहेका बेला मन्त्री पन्तले स्पष्ट पारेका छन् ।शिक्षा मन्त्रालय स्रोतका अनुसार, कक्षा १२ को परीक्षा मिति र विस्तृत कार्यतालिका छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको बताउँछन् ।