धनकुटाको सुनसरीबाट लागूऔषध गाँजा बोकेको दुईवटा सवारीसाधनसहित ओसारपसारमा संलग्न रहेका जनालाई प्रहरीले पक्राउ गरेका छन् । १५ गते राती विशेष सूचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरीको टोलीले चौबिसे गाउँपालिका-५ मा ना ५ ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा ९ सय ४६ किलोग्राम अवैध गाँजा प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ बाट प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको प्रहरीले बताउँछन् ।