Monday, June 30, 2025

मधेस प्रदेश प्रहरी प्रमुख डीआइजी लालमणि आचार्य बिदाइ:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेश प्रहरी प्रमुख लालमणि आचार्यको विदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा सिफारिस हुनु भई विदाई भई जान लागिएको मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको विदाई एवं फेरि भेटौँला कार्यक्रमका सम्पन्न भएको छ । विदाइको क्रममा डीआईजीले सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आगामी दिनमा समेत आ-आफ्नो व्यावसायिक तथा व्यक्तिगत ज्ञान, सीपलाई प्रभावकारी रुपमा प्रयोग गरि प्रहरी संगठनको छविलाइ हितमा राखेर काम गर्नु पर्ने बताउँदै आगामी दिनहरु सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नु भएको थियो । साथै प्रहरी वरिष्ठ उपरीक्षक सान्ती राज कोईरालाद्वारा मायाको चिनो प्रदान गरी बिदाइ” तथा फेरी भेटाैंला कार्यक्रम सम्पन्न भएको बताइएको छ । मधेस प्रदेश प्रहरी कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गरि सदैव माया र सद्भाव पाइरहने अपेक्षा व्यक्त गर्दै आगामी कार्यकालको बधाइ एवं शुभकामना मन्तव्य व्यक्त डीआईजीले गर्नु भएको थियो । विदाइ भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक” प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षक, तथा अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरुले पुष्पगुच्छा, फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles