Wednesday, April 30, 2025

आईजीपी थापाद्वारा ६ जना एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान:-

ताजा / भरखरै प्राप्त

प्रहरी नायव महानिरीक्षक (डीआईजी)पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति हुनुभएका ६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका छन् । प्रहरी महानिरीक्षक दिपक थापाज्युले नेपाल प्रहरी प्रधान कार्यालयमा आज,बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा चन्द्र कुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी रहनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles