
राैतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ८ पुरेनवामा सामुदायिक भवन (धर्मशाला)को गाैरका मेयर शम्भु साहद्वारा उद्घाटन भएको छ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. ८ स्थित पुरेनवामा निर्माण सम्पन्न भएको सामुदायिक भवन (धर्मशाला)को आज, बुधवार एक विशेष समारोहका बीच गौर नगरपालिकाका मेयर शम्भु साहले विधिवत रूपमा उद्घाटन गर्नुभएका छन् । उद्घाटनको कार्यक्रमका अवसरमा मेयर साहले बोल्दै उक्त धर्मशालाको निर्माणले स्थानीय समुदायहरुलाई सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न थप सहज हुने मेयरले बताएका छन् । यो सामुदायिक भवन हाम्रो साझा सम्पत्ति हो, मेयर साहले भनेको हो, यसको उचित संरक्षण र उपयोगमा सबैको सहकार्य आवश्यक रहेको साहले बताएका छन् । यस् उद्धाटनको कार्यक्रममा वडा अध्यक्षसहित, स्थानियहरुको उपस्थिति रहेको बताइएको छ ।