
फेरीभेटाैंला कार्यक्रममा राैतहटका प्रहरी प्रमुख (एसपी) दिलिप घिमिरेको बिदाइ भएको छ । १३ महिनाको राैतहट जिल्लाको जिम्मेवारी सम्भालेर सरुवा भई प्रहरी प्रधान कार्यालय काठमाडौं जान लाग्नु भएका प्रहरी उपरीक्षक (एसपी)दिलिप घिमीरेज्युको आगामी कार्यकाल सफल रहोस्” भने कामना गर्दै छु ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलिप_घिमिरे ज्युलाई राैतहट जिल्लाका स्थानीयहरुले बिदाई तथा फेरि भेटाैला कार्यक्रममा दोसल्ला ओढाई बिदाई गर्नुभएका छन् । राैतहटका स्थानीयहरुले औपचारिक बिदाइ तथा फुलमाला मायाको चिनो प्रदान गरी बिदाइ तथा फेरी भेटाैंला कार्यक्रम भएको छ।
२०८०,साल चैत २५ गते राैतहट जिल्लाको जिल्ला प्रहरी कार्यालयमा हाजिर भई १३ महिना सफल कार्यकाल पूरा गर्नु भएका घिमिरेज्यूलाई नेपाल प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा, नक्साल काठमाण्डौंमा कार्यरत हुने गरी पठाइएको बताइएको छ । बिदाइका कार्यक्रमको अवसरमा प्रहरी नायव उपरीक्षक (डीएसपी)दिपक कुमार रायज्यूद्वारा घिमिरेज्यूलाई फूलमाला तथा मायाको चिनो प्रदान गरिँदै भावनात्मक बिदाई गरिएको थियो,। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका सिनियर प्रहरी अधिकृतहरू, तथा मातहतमा रहेका कार्यालयका प्रमुखहरू, जुनियर प्रहरी अ., प्र.ह. तथा प्र.ज.हरूको उल्लेखनीय उपस्थिति रहेको देखिन्छ ।