सशस्त्र प्रहरी बल सुनसरीले ७ सय ८३ किलो गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले हिजो,बुधबार गाँजा सहितको ट्रक र त्यसका चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी सुनसरीले जनाएका छन् ।