
पर्सा प्रहरी प्रमुख (एसपी) मिश्र पर्सामा आएको तीन महिनामै १२ करोड २३ लाख बराबरको तस्करीको सामान बरामद गरेका छन् ।पर्साका वीरगन्ज,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बारा र पर्साका बिरगंज भन्सार कार्यालय बुझाएका छन् । पर्सा प्रहरीले सिमानाकामा हुने तस्करीमा कडाई गरि माघ १४ गते-देखि आज,वैशाख १८ गते-सम्म १२ करोड २४ लाख ८५ हजार ५५१ रुपैयाँ बराबरको अवैध सामानहरुसहित ५० वटा सवारीसाधन बरामद गरि राजश्व अनुसन्धान तथा भन्सार कार्यालय वीरगन्जमा बुझाएको बताइएको छ । पर्सा प्रहरीले पक्राउ गरेको अवैध रुपमा भन्सार छलि तस्करी गरिएको र नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर ,तथा आईसिपी भन्सार वीरगन्जबाट भन्सार भई जाँचपास भएको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाईछिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताउनु भएको हो ।
त्यसैगरि मिश्रको ३ महिने कार्यकालमा पर्सा प्रहरीले विभिन्न किसिमको ४०२ वटा मुद्दा दर्ता गरेका छन्” भन्ने त्यसमध्ये २०३ वटा मुद्दा फर्स्यौट र १९९ वटा बाकी रहेको पर्सा प्रहरीले जनाएको छ । पर्सा प्रहरीले अवैध लागुऔषध गाँजा ५१६ किलो ७५० ग्राम, चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम ७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र codiwell ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ३१ जना मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा २३ वटा मुद्दा दर्ता भएको बताइएको छ । त्यस्तै २६ लाख रुपैयाँसहित हुण्डी कारोवारमा संलग्न रहेका ५ जनालाई श्रोत नखुलेको रकमसहित प्रकाउ गरी राजश्व अनुसन्धान विभागमा रकम बुझाइएको र पक्राउ परेका ५ जनालाई जिल्ला प्रहरी कार्यालयबाट वित्तीय कारोबार कसुर ऐन अनुसार मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)मिश्रले बताएका छन् । पर्सा जिल्लामा विभिन्न मुद्दामा सम्मानित अदालतले सजाय तोकेको र विभिन्न मुद्दामा फरार रहेका ४८९ जनालाई प्रहरीले पक्राउ गरि ३८ बर्ष १ महिना ७ दिन कैद र १ करोड १२ लाख ८० हजार ३०३ रुपैयाँ जरिवानासहित रकम असुल गर्न सफल भएको पर्सा प्रहरीले बताउँछन् । यसरी नै प्रहरीले यौनजन्य क्रियाकलाप रोक्नको लागि मानव बेचबिखनमा मुद्दा चलाई संलग्न रहेको ५ जनालाई पुर्पक्षका लागि कारागार वीरगन्जमा पठाइएको पनि छ ।त्यसैगरी वन जंगल फडानी गरि ल्याएको अवैध काठ २२ क्वी फिट काठ पर्साका प्रहरीले बरामद गरेको छ । त्यस्तै ग्रामीण भेगको २८ कठ्ठा खेतमा लगाएको गाँजाको बोट पनि करिब १३ हजार ४ सय बोट नष्ट गरेको छ, भन्ने अफिमको ५०० बोट नष्ट गरेको पर्सा प्रहरीले जानकारी दिएका छन् । पर्साको ग्रामीण भेगमा रहेको घरेलु मदिरा बनाउने भठ्ठी १४ वटा नष्ट गरि तयारी मदिरा ६०० लिटर र कच्चापदार्थ ९ हजार ६५० लिटर नष्ट गरेको प्रहरीले जनाएको छ । त्यस्तै ३ महिनामा उजुरी शाखामा ५६७ निवेदन परेकोमा ३५१ उजुरी फर्छयौट गरिएको छ, र घरेलु हिंसाको तथा जनचेतना मुलक कार्यक्रम १ हजार ४५० वटा गरेको छ, भन्ने ७४ हजार ९५६ जना लाभान्वित रहेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ । पर्साका प्रहरीले तीन महिनाको अवधिमा अवैध गिट्टी बालुवा उत्खननतर्फ १० वटा ट्याक्टर पक्राउ गरि कारबाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाएको जनाएको छ । पर्साका प्रहरी प्रमुख मिश्रले पर्सामा कार्यभार सम्हालेको दिनदेखि तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।त्यसैगरि एसपी मिश्रले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् ।जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक मिश्रले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही पनि समेत गरेको बताएका छन् । राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र नराम्रो गर्ने प्रहरीलाई कारबाही गर्ने उनले बताएको हो । पर्सा जिल्लाको सिमानाका हुने अपराध र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लाबाट पलायन भएको छन् “भने पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधिमा कमि आएको पनि देखिन्छ ।