
नेपाल कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिव गोकर्ण विष्टले साढे २ सय वर्ष शासन गरेका शाह वंशिय राजालाई फर्काउन राजावादीले आन्दोलन गरी फर्काउन प्रयत्न गरी रहेको बताएका छन । विहिबार नवौ नगर अधिवेशन उदघाटन गर्दै उनले राज्य संस्थालाई नेपाली जनताको शान्तिपुर्ण आन्दोलनबाट समाप्त पारेको राजालाई चिहानबाट फर्काउन सम्भव नरहेको बताएका छन् । लोकतान्त्रिक अभ्यास सबै भन्दा रामे व्यवस्था रहेकोले निरङकुश शासन जनताले अव स्वीकार नगर्ने बताएको हि । चैत्र १५ गतेका दिन राजा फर्काउने नाममा हिंसात्मक गतिविधि गरेर झन जनता टाढिएको उनले स्पष्ट रुपमा भनेको हो । बहुदल अगाडी जनताले भोगेका पिडा ,अशान्ति, अधुरो विकास रहेको केन्द्रिय सचिव विष्टले स्मरण गराए । लाखौ युवाहरुलाई स्वदेशमा फर्काउन , उपचारलाई बलियो बनाउन ,शान्ति सुरक्षाको अनुभुति गराउन ,जनताको जिवनलाई माथि उकास्न नेकपा एमाले पार्टी लागी परेको बताए । चाउ उम्रे झै पार्टी उम्रेको बताउदै उनले दुई वर्ष पार्टी खुलेको लगतै सहकारी काण्ड लगायत कति काण्डै काण्ड फेला परेको उनले भने । नेकपा एमाले सरकारमा रहे पनि वा विपक्षमा रहे पनि जनताको हितमा काम गर्न अग्रसर रहेको बताएका छन् । रौतहटका षेत्र न १ बाट ३ पटक जितेका माधव कुमार नेपालले रौतहटका जनतालाई झुक्याएको बताएका छन् । आफु रौतहट नआउदाँ नेपालले धेरै काम गरेको होला , विकास गरेको होला भन्ने लाग्थ्यो तर आज रौतहट आउदाँ नेपालले जनताको लागी केही काम नगरेको अनुभुति पाएको केन्द्रिय सचिव विष्टले बताएको हो । लामो समय सम्म प्रधान मन्त्री समेत रहेका माधव नेपालले रौतहट वासी सँग गदारी रहेको उनले भनेका छन् । आउँदा दिनमा नेपाललाई जमानत जफत गरी पठाउन जनतासँग अपिल उनले गरेका छन् । एक दुई पटक झुक्याउन सकिएला तर सधै जनता लाई झुक्याउन ग्राहो हुने उनले बताएको हो । रौतहटका गौर बजार वर्षात मौसममा डुबान हुने जस्ता समस्याबाट गुज्रि रहेका समस्यालाई नेकपा एमाले प्रयासरत्न रहने उनले बताएका छन् ।
सोही अवसरमा नेकपा एमालेका जिल्ला इन्चार्य तथा केन्द्रिय सदस्य अजय कुमार गुप्ताले गौर नगर पालिकाका मेयर शम्भु साहले माटोमा कर लगाएर जनताको भावनासँग खेलवाड गरी रहेको बताएका छन् । आफनै खेतबाट माटो ट्रेक्टरमा लोड गरी ल्याउदाँ पनि प्रति टेलर रु ७५ लिने गरेको उनले बताएको हो । आफु मेयर हुदाँ धेरै करहरुलाई छुट दिए पनि आफु नहुदाँ वर्तमान मेयरले माटोमा कर असुली गरी जनतालाई दुःख दिइ रहेको बताएका छन् । सिसवा चोकमा गेट बनाउन लाग्दाँ सडक विभागबाट अनुमति नलिएको कारण सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले गेट बनाउन रोक लगाए पनि गौर नगर पालिकाका मेयर शम्भु साहले एक कार्याक्रममा मलाई दोष लगाएको बताएका छन् । राैतहट जिल्ला एकका सांसद माधव कुमार नेपालले पनि जनतालाई ठगेको उनलेआराेप लगाएका छन् । उक्त कार्यक्रममा नगर संयोजक भैरव पटेलको अध्यक्षतामा नेकपा एमालेका केन्द्रिय सदस्य रेखा झा , उद्धव रेग्मी , कुन्दन कुशवाहा , जिल्ला अध्यक्ष सचिदानन्द साह,नगर इन्चार्य श्याम सुन्दर पटेल , जयचन्द्र पटेल , लगायतका वक्ताहरुले सबल नेतृत्वको शुभकामना दिएका छन् ।