Saturday, May 3, 2025

सशस्त्र प्रहरीद्वारा हुन्डी कारोबारगर्ने तीनजना भारतीय नागरिक पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल पर्साद्वारा श्रोत नखुलेको नगद सहित ३ जना भारतिय नागरिक र स्कार्पियो गाडीलाई बिरगंज भन्सारमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका -१६ स्थित वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेकजाँच गर्ने क्रममा अन्दाजी ५० मिटर अगाडि नेपाल तर्फ त्रिभुवन राजपथ सडक खण्डको वीरगञ्जतर्फ जाने बाटोमा विभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्र.सि.सु. गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रङ्गको भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीको सिट पछाडिको पकेट भित्र लुकाई छिपाई ल्याएको श्रोत नखुलेको नेपाली रुपैयाँ रु. ९,५९,०००।- सहित उक्त गाडी तथा गाडीमा सवार भएका व्यक्तिहरुलाई नियन्त्रणमा लिईए र आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
स्कार्पियो गाडिको भन्सार मुल्याङ्कन रु.३०,००,००० ।- गरिएको बताइएको छ । गाडी, रकम नगदसहित पक्राउ पर्नेमा भारत बिहारको पश्चिमी चम्पारण,बेतिया पंचायत, वडा नं.-७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद। बेतिया जौकटियाका वर्ष ४६ को मनोज कुमार सहनी र बेतिया, छाउनी चोकका वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पर्साका सशस्त्र प्रहरीले पक्राउ गरको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles