
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले मासिक अन्तरक्रिया कार्यक्रम गरेको हो, कार्यक्रममा मातहतमा रहेका प्रहरी इकाइका प्रमुखहरूको उपस्थिति रहेको थियो,उक्त कार्यक्रममा मातहतबाट आएका प्रहरीहरुसँग पर्साका प्रहरी प्रमुखले छलफल गरेको हो, छलफलका क्रममा समसामयिक परिस्थितिको विश्लेषण, विभागीय नीति तथा निर्देशनको कार्यान्वयन, सुदृढ प्रहरी सेवा प्रवाह, शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण तथा अनुसन्धान, र भन्सार छली तथा चोरी पैठारी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका महत्वपूर्ण विषयमा व्यापक छलफल गरिएको पर्साका प्रहरीले बताइएका छन् ।