जिल्ला रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।आइतबार बिहान रौतहटको चन्द्रपुर नगरपालिका-४ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उर्मिला देवी सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको बा ६ चत ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो ।
मोटरसाइकलमा निजगढ तर्फ जाँदै गरेका गरुडा नगरपालिका ३ मलाही टोलका ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनीको घटनास्थलमै मृत्यु भएको र सोही मोटरसाइकलमा सवार रहेकी उनकी छोरी उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्याालय रौतहटका प्रहरी उपरिक्षक नेत्रमणी गिरीले बताएका छन् । घटना पश्चात कारका चालक कुमार पोखरेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताउँछन् ।