जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले भन्सार छलीको कपडा र दुई थान मोटरसाइकलसहित एक तस्करलाई पक्राउ गरेको राैतहटका प्रहरीले बताएको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका १ का ३७ वर्षीय राकेश पासवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताएका छन् ।
जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका ४ लालबकैया नदीको छेउबाट दुईलाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुई थान मोटरसाइकलसहित पासवान लाई नियन्त्रणमा लिएको राैतहटका प्रहरीले बताउँछन् ।