Saturday, June 28, 2025

पर्साका छिपहरमाई गाउँपालिकामा विकासको सट्टा व्यक्तिगत स्वार्थ:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिकामा विकासका साटो व्यक्तिगत स्वार्थमा जनप्रतिनिधिहरु डुबेका छन्” ८० लाखको विद्यालय भवन निर्माण अलपत्र भएको स्थानीयले बताउँछन् ।
छिपहमाई गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षको झगडाले बालबालिकाको भविष्य संकटमा रहेको देखिन्छ । छिपहर माई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता र वडा नम्बर ४ कावड अध्यक्ष रामेश्वर महतो केवटबीचको बढ्दो विवादका कारण वडा नम्बर ४, तुलसी बरवामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको ८ कोठे भवन निर्माण योजना अन्योलमा परेको छ । नेपाल सरकारको सशस्त्र अनुदान कार्यक्रममार्फत प्राप्त ८० लाख रुपैयाँको अनुदानमा विद्यालयको भवन निर्माणका लागि आवश्यक टेन्डर प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । स्थानीय हरूका अनुसार छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले आफ्नो काका ओमप्रकाश गुप्तालाई ठेक्का दिन चाहन्थे” तर, सो सम्भव नहुने अवस्था आएपछि उनले योजनामाथि नै अड्चन खडा गरेका छन्।
साथै, वडा नम्बर ४ का अध्यक्ष रामेश्वर महतो केवट नेपाली काँग्रेस बाट निर्वाचित भएकाले, अध्यक्ष गुप्ताले आफ्नै पार्टीका नभएको जनप्रतिनिधिसँग सहकार्य गर्न नचाहेको आरोप लागिरहेको छ । गोप्य रूपमा टेन्डर प्रक्रिया अघि बढाउन खोज्दा स्थानीय जनप्रतिनिधिहरूको कडा विरोध भएको थियो।स्थानीय बासिन्दाका अनुसार अध्यक्ष मनोज गुप्ताले विगतको निर्वाचनमा तुलसी बरवाबाट न्यून मत प्राप्त नगरेको रिस पोख्दै सो वडामा विकास योजनामा रुचि नदेखाएको स्थानीयको आरोप रहेको छ । उनी वडा अध्यक्षसँग कमिसनको सहमति भएपछि मात्र काम अघि बढाउन तयार हुने बताइएको छ । यही वडामा विद्यालय भवनको पेन्ट र प्लास्टरको काम समेत गुप्ताका काका ओमप्रकाश गुप्तालाई दिइएको तथ्य खुलेको छ । स्रोतहरूका अनुसार यदि अनलाइन टेन्डर प्रक्रिया अपनाइएमा अध्यक्षलाई ‘कमिसन’ नआउने भएकाले मेयर गुप्ताले पुरानो शैलीमा टेन्डर प्रक्रिया अघि बढाउन दबाब दिइरहेका छन् । तर भाग बान्डा नमिलेकाले गर्दा विद्यालय निर्माणको महत्वपूर्ण योजना रोकिएको बताइएको छ । स्थानीय बासिन्दाहरू र विद्यालय व्यवस्थापन समितिले व्यक्तिगत स्वार्थ र दलगत राजनीति छोडेर तत्काल विकास निर्माण अघि बढाउन माग गरेका छन् । यसरी सत्ताको दुरुपयोग र कमिसनको खेलले बालबालिकाको शिक्षामा प्रतिकूल असर पर्ने निश्चित देखिन्छ । यस विषयमा अध्यक्ष मनोज गुप्ता र वडा अध्यक्ष रामेश्वर महतो दुवै पक्षले औपचारिक टिप्पणी दिन मानेका छैनन् । तर, स्थानीयहरू भने विद्यालय निर्माणको काम तत्काल अघि बढाउन दबाब दिदै आएका छन् । यदि यो गतिरोध चाँडै समाधान भएन भने, ८० लाखको बजेट फ्रिज हुने खतरा रहेको छ, जसले वडा नम्बर ४ का सयौं बालबालिका आधारभूत शिक्षाबाट वञ्चित हुने निश्चित रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles