Tuesday, May 6, 2025

राैतहटको गाैर सुधार केन्द्रमा निर्घात कुटपिट:-

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको सदरमुकाम गाैर गाैनगरपालिका वडा नम्बर ४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा भर्ति भएका एक जना व्यक्तिमाथि शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ । एक जनालाई अमानवीय तरिकाले निर्घात कुटपिट गरिरहेको सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । ती व्यक्तिको पैतलामा सेतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिएको छ । तीन जनाले एक जना व्यक्तिलाई भुइमा लडाएर सूताएर समाउँछन् भने अर्का एक जना व्यक्तिले पैतलामा लट्ठीले कुटपिट गरिरहेको पनि देखिन्छ ।
कुटपिटबाट त्योव्यक्ति कराएको आवाज कसैले नसुनिओस् भन्ने हिसाबले गीत संगीत बजा बजाएको पनि सुनिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles